मैले अब महाधिवेशनको गाडी हाँकेँ, रोकिंदैनः सभापति थापा

काठमाण्डु टुडे २०८२ चैत १० गते १५:१४ मा प्रकाशित

काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन । आज (मंगलबार) कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले यस्तो बताएका हुन ।

उनले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने समेत बताएका छन । सभापति थापाले अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताएका छन । सभापति थापाले भने, ‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो ।

त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौं । विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो ।’ सभापति थापाले भने, ‘महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रुपमा हेर्न नहुने र आफूले सबैलाई सहभागी गराएर अघि बढ्ने छ, ‘मैले सभापतिको रुपमा गाडी हाँकेँको छु ।

अब यो गाडी रोकिंदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us