काठमाण्डू, ८ चैत– संखुवासभामा एक महिला मृत अवस्थामा भेटिएकी छन । संखुवासभाको मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् । साथै घटनाबारे आवाश्यक अनुसन्धान पनि भईरहेको छ ।