काठमाण्डू, ८ चैत– कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा हालै सम्पन्न प्रतिानिधिसभा निर्वाचनमा असहयोग गर्ने नेताहरूलाई कारबाही नगर्ने भए सम्मान गर्न प्रस्ताव गरीएको छ ।
गत २१ फागुनमा सम्मपन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको समीक्षा र सभापति गगन थापाको राजीनामा केन्द्रित बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य शम्भु बुढाथोकीले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले पटक–पटक मन्त्री भएका, फाइला लिएकाहरूले नै भोट नहालेकोमा आक्रोश व्यक्त गरेका छन । ‘पटक–पटक फाइदा लिएका सांसद र मन्त्री भएका मानिसहरू साथीहरूले पनि भोट हाल्नुभएन, चुनावमा साइलेन्ट बस्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले उनलाई उदृत गर्दै भने, ‘तिनीहरू सधैँभर पार्टीविरूद्ध लाग्ने भए र कारबाही नगर्ने भए सम्मान गरौं ।’
आजको बैठकमा पनि अधिकांशले सभापति गगनकुमार थापाको राजीनामा विधान बमोजिम भए पनि अस्वीकृत गर्नुपर्ने बताएका छन् । प्रेमबहादुर खड्काले बैठकमा भने, ‘उहाँको राजीनामा विधान बमोजिम ठिक छ ।
तर, विधानअनुसार अस्वीकृत गर्नुपर्छ । आजै सभापतिलाई राजीनामाबाट रिलिज गर्नुपर्छ, अस्वीकृत गर्नुपर्छ ।’ अर्का नेता जगन जोशीले चुनावको मुखमा जेनजी आन्दोलनसम्बन्धी बीबीसीले सार्वजनिक गरेको भिडियोले पनि चुनाव हारेको तर्क गरे ।
‘बीबीसीको भिडियो चुनाव नकारात्मक असर पार्ने कुरामा कारक बन्यो, जनताको दिमागमा पर्यो,’ जोशीले भने । नेता विजय स्वारले पनि सभापतिको राजीनामा विधानसम्म्त भए पनि यसलाई कार्यसमितिबाट अस्वीकृत गर्नुपर्ने बताएका छन।