प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा

काठमाण्डु टुडे २०८२ चैत ६ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, ६ चैत– प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन । प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम आएकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन् ।

त्यस क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो नितान्त यो धार्मिक यात्रा रहेको प्रतिनिक्रिया दिएकी छन । प्रधानमन्त्री कार्की देशका विभिन्न जिल्लामा भ्रमण गरिरहेकी छिन् ।

उनी हिजोमात्रै कर्णालीका विभिन्न जिल्ला पुगेर चुनाव सम्मन्न गराएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us