काठमाण्डू, ५ चैत– धनुषमा एक पुरुष मृत अवस्थामा भेटिएका छन । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको प्रहरीले जनाएको छ । साथै धटनाबारे प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।