काठमाण्डू, ५ चैत– प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा निस्किएकी छन् । गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन शान्तपुर्वक सम्पन्न भएकामा मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिन कर्णाली पुगेको प्रधानमन्त्री कार्कीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
यही अवसरमा उनी रारा ताल पनि पुगेक छन् । यसअघि प्रधानमन्त्री कार्की पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् ।