ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रीमा सागर ढकालसहित तीन जनाको नाम चर्चामा

काठमाण्डु टुडे २०८२ चैत ४ गते १४:३५ मा प्रकाशित

काठमाण्डू, ४ चैत– दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेको छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको रास्वपा उच्च स्रोत बताउँछ । स्रोतका अनुसार अहिले ऊर्जा जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रीमा सागर ढकालको नाम चर्चामा छ ।

अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको रूपमा रहेको मन्त्रालयलाई खानेपानी मन्त्रालय समेत जोड्ने तयारी रहेको छ । उक्त मन्त्रालयका गुल्मी– १ बाट प्रत्यक्ष निर्वाचित ढकाल, धादिङ– २ बाट निर्वाचित बोधनारायण श्रेष्ठ र सप्तरी–२ बाट निर्वाचित रामजी यादवको नाम चर्चामा रहेको स्रोत बताउँछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us