मलाई बोल्न आउँदैन भन्छन्, त्यही भएर क्लास लिइरहेको छुः आशिका तामाङ

काठमाण्डु टुडे २०८२ चैत ४ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको तर्क गरेकी छन ।

रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङले बताएकी छन ।

सांसद तामाङले आफूलाई धेरैले उल्लिबिल्लि लगाइरहेको गुनासो समेत गरेकी छन । उनले भनिन्, ‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेजस्तो सोझो तामाङको छोरीलाई धेरै उल्लिबिल्लि बनाइरहनुभएको छ, आशिका तामाङलाई बोल्न आउँदैन भनेर । त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु । तपाईंहरूसँग राम्रोसँग बोल्नका लागि ।’

उनले अहिले आफू जवाफ दिने ठाउँमा पुगेको र त्यो ठाउँ असहज भएको पनि बताएकी छन । उनले भनिन्, ‘जवाफ दिने ठाउँमा आफैं छु । त्यसकै लागि हाम्रो दुई दिने क्लास एकदमै राम्रो भइरहेको छ ।

मलाई यही पीर थियो, मलाई यो देशमा प्रधानमन्त्री मात्रै नयाँ होइन, ‘धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो वेरेन्टेशन क्लास राखेको छ । यो राम्रो भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us