अभिमुखीकरणमा पुगे रास्वपा सभापति रवि लामिछाने

काठमाण्डु टुडे २०८२ चैत ४ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रम स्थलमा पुगेका छन । उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेको बताइएको छ ।

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ । यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले गर्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us