काठमाण्डूबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना

काठमाण्डु टुडे २०८२ चैत ४ गते १२:५८ मा प्रकाशित

काठमाण्डू, ४ चैत– खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । खोटाङकोकेपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छन् ।

काठमाण्डूबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रजिअ कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले जानकारी दिइन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us