जनअपेक्षा अनुसार काम गर्न मुहानदेखि नै सफा गर्छौंः हरि ढकाल

काठमाण्डु टुडे २०८२ चैत ४ गते १२:५० मा प्रकाशित

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीले चलाएको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने काम भएको बताएका छन ।

आज (बुधबार) ग्वार्कोस्थित एक होटलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा नेता ढकालले यस्तो बताएका हुन । उनले अबको ५ वर्ष जनअपेक्षा अनुसार काम गर्ने पनि बताएका छन ।

उनले भने, ‘मुख्य कुरा मुहान हो । मुहान सफा भएपछि नै तलसम्म संग्लो हुने हो । सुशासनका एजेन्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट मत पुगेको छ । हामी उत्साहित छौं ।’

ढकाल चितवन– १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अघिल्लो कार्यकाल छोटो भएको र त्यतिबेला आफूहरूले सिकेका अनुभव पनि अभिमुखीकरण कार्यक्रममा सेयर गरेको जानकारी गराए ।

उनले भने, ‘हाम्रा अनुभव, बजेट निर्माणसँग सम्बन्धित सेसन पनि चल्यो । अघिल्लो कार्यकाल हाम्रो छोटो थियो । त्यसका अनुभवहरू नवनिर्वाचित सांसदसँग सेयर पनि गर्‍यौं ।’ साथै, अब संसद्मा सुशासनका लागि मुहानदेखि नै काम गर्ने पनि जिकिर गरे ।

उनले भने, ‘एउटा उमेर समूह आउनुभएको छ । उहाँहरू ऊर्जाशील हुनुहुन्छ । अबको ५ वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहानदेखिकै काम हुन्छ । मुहानदेखिकै काम भएपछि तल पनि संग्लो हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us