आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयोः अर्थमन्त्री खनाल

काठमाण्डु टुडे २०८२ चैत ४ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, ४ चैत– अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन । आज (बुधबार) नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन ।

निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने पनि उनले बताएका छन । नयाँ सरकार बनेसँगै आफूले पनि अब विश्राम लिने बेला भएको समेत उनले बताएका छन ।

अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us