जुवातास खेलिरहेका १३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ चैत ३ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, ३ चैत– प्रहरीले जुवातास खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरीउको प्रहरीले जानकारी दिएको छ । साथै यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us