सांसदहरूको शपथ र पहिलो बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाण्डु टुडे २०८२ चैत ३ गते १५:१२ मा प्रकाशित

काठमाण्डू, ३ चैत– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएको छ ।

नयाँ भवनमा बैठकका लागि बनाइएको हल निर्माण हुन समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्न तयारी गरिरहेको हो ।

शपथ ग्रहण र प्रारम्भिक बैठकहरूका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन ।

संसद् भवनको बैठक बस्ने नियमित हल बन्न कति समय लाग्छ भन्ने यकिन नभएको उनले जानकारी दिए । गत फागुन २१ गते भएको निर्वाचनबाट नयाँ सांसदहरू निर्वाचित भएका आएका छन् । ती सांसदहरूको शपथ कहिले हुने र पहिलो बैठक कहिले बस्ने भन्ने यकिन भइसकेको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us