ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

काठमाण्डु टुडे २०८२ चैत ३ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, ३ चैत– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन ।

यादव केहीबेरअघि भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us