ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति

काठमाण्डु टुडे २०८२ चैत ३ गते १४:२५ मा प्रकाशित

काठमाण्डू, ३ चैत– राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन । केहीबेरअघि पौडेल ओली निवास पुगेका हुन् ।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । केहीदिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us