म तलब खादिनँ, गाडी पनि चढ्दिनँः सुधन गुरुङ

काठमाण्डु टुडे २०८२ चैत ३ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने घोषणा गरेका छन । रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो बताएका हुन ।

साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने समेत बताएका छन । उनले भने, ‘म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ, मेरो आफ्नै गाडी छ। म आफैँ सक्षम छु ।’ उनले संसद्‍मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us