रास्वपा अभिमुखीकरणको पहिलो दिनः रवि र बालेन अनुपस्थित

काठमाण्डु टुडे २०८२ चैत ३ गते १२:५८ मा प्रकाशित

काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण आज (मंगलबार) बाट सुरु गरेको छ ।

काठमाण्डूको पाँचतारे होटलमा मंगलबार घण्टी बनाएर उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका हुन । अभिमुखीकरणको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका छैनन् ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह बुधबारको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us