यो इतिहास लेख्ने अवसर हो, सदुपयोग गर्न नसके माफ गर्न गाह्रो हुन्छः उपसभापति अर्याल

काठमाण्डु टुडे २०८२ चैत ३ गते १२:४६ मा प्रकाशित

काठमाण्डू, ३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई अनुरोध गरेका छन ।

आज (मंगलबार)बाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा रास्वपा उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

रास्वपा उपसभापति अर्यालले भने, ‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ ।’

साथै, उनले अनुशासित समाज निर्माण गर्नुपर्ने पनि बताएका छन । उनले भने, ‘हामीले एउटा अनुशासित समाज निर्माण गर्नुपर्नेछ । हामीले अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्नेछ, ‘हामीले स्कुल जाँदा आफ्नो क्षेत्रबाट निर्वाचित भएको नेताको खोजी गर्न छाड्नुपर्नेछ । हामी कर तिर्न जाँदा अन्डरटेबुल गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us