घण्टी बजाएर सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण

काठमाण्डु टुडे २०८२ चैत ३ गते १२:२८ मा प्रकाशित

काठमाण्डू, ३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका हुन । यो समाचार तयार पार्दासम्म कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन् ।

उपसभापति अर्यालले स्वास्थ्य र कार्यव्यस्तताका कारण आज पहिलो दिनको कार्यक्रममा रवि र बालेन सहभागी हुन नसकेको जानकारी गराएका छन ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us