त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

काठमाण्डु टुडे २०८२ चैत ३ गते १२:२१ मा प्रकाशित

काठमाण्डू, ३ चैत– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो ।

दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ । हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ ।

यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us