काठमाण्डू, २ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन् ।
आवसीय हुने उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान नपाउने भएका छन । ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ उनले जारी गरेको सूचनाको दोस्रो नम्बरमा उल्लेख छ ।
त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ । परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ ।