काठमाण्डू, २ चैत– कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कालीकोटले जानकारी दिएको छ ।
डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् । करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले जानकारी दिए ।
करेन्ट लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रास्कोटको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिएका छन ।