काठमाण्डू, २ चैत– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज (सोमबार) पनि काठमाण्डूको माइतीघरमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
दलित जेनजी एलायन्सको आयोजनामा विरोध प्रदर्शन भएको हो । उनीहरुले विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग समेत गरेका छन ।