काठमाण्डू, २ चैत– धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।
सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिदाँ यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।