जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत भोलि आउँछः सरकार

काठमाण्डु टुडे २०८२ चैत १ गते १९:१४ मा प्रकाशित

काठमाण्डू, १ चैत– सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक गर्ने भएको छ ।

आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सरकार प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि (सोमबार) विस्तृत आउने बताएका हुन ।

‘प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले भएको निर्णय यत्ति हो । यो भित्र सबै चिज पर्छ,’ सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै अर्यालले भने, ‘यसको विस्तृत चाहिँ भोलि आउँछ ।

यति बुझ्नुस् न अहिले ।’ जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us