काठमाण्डू, २८ फागुन– प्रहरीले कञ्चनपुरमा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।
बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन ।
उनले भने, ‘अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछु, जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।’