काठमाण्डू, २८ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अब बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्याइदिनका लागि सर्त अघि सारेका छन् ।
रास्वपा र नयाँ बन्ने बालेन्द्र नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम रहेको भन्दै राप्रपा नेता थापाले सर्त अघि सारेका हुन् ।
थापाले यदि बालेन्द्र सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण सहयोग रहने सर्त अधि सारेका हुन ।
‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ, थापाले सामाजिक सञ्जालमार्फत भने, ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’