काठमाण्डू, २८ फागुन– एमाले नेता वासुदेव घिमिरेले पार्टीको लज्जास्पद हार र पार्टी नेतृत्वको शैलीलाई लिएर काडा आलोचना गरेका छन । एमाले नेता घिमिरेले पञ्चायत ढल्दै गर्दा पञ्चहरूले सबै ठीक छ महाराज भन्ने गरेको सम्झाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही, सबै ठीक छ, महाराज ।’ चुनावअघि एमाले छाडेको घोषणा गरेका उनलाई विष्णु पौडेललगायतका नेताले सम्झाइबुझाइ रोकेका थिए ।
रुपन्देही–३ बाट उम्मेदवार रहेका घिमिरेले जमानतसमेत जोगाउन सकेनन् ।