महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १२:५८ मा प्रकाशित

 काठमाण्डू, २८ फागुन– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । महामन्त्री पौडेलले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

काठमाण्डू ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका पौडेलले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा धेरै खर्च प्रचारप्रसार सामग्रीमा ५ लाख ५३ हजार ३५० रुपैयाँ भएको उल्लेख छ ।

सबैभन्दा थोरै खर्च मनोनयन दर्तामा १० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us