निर्वाचन परिणाम अप्रत्याशितः कांग्रेस नेता सिटौला

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १६:५३ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– कांग्रेस नेता एवं राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन ।

आज (बुधबार) पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन ।

उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् । कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनले तर्क छ ।

साथै, उनले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख पनि गरे । उनले भने, ‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ ।

पुराना दलहरूको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेश केन्द्रित दलहरू सबै पुराना दलहरूको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ ।’

निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाइ छ । हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने पनि उनले बताएका छन ।

बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफूहरूको भूमिकामा पनि परिवर्तन आएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us