रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– सर्वोच्च अदालतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।

सुनुवाइ सुरु भएको दुईरतीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ । महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन् ।

त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहित तीन जना र युवराज पौडेलले निवेदन दर्ता गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us