एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछः एमाले नेता रिमाल

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १८:४३ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– एमाले नेता विष्णु रिमालले एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने दाबी गरेका छन । एमाले नेता रिमालले सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधि सभाको यस निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस्तो बताएका हुन ।

नेता रिमालले यो चुनाव अन्तिम नभइ संखुवासभाको परिणाम यस पटकको निर्वाचनको अन्तिम परिणाम मात्र भएको समेत बताएका छन । एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय नहुने भनाइ उनले राखे ।

एमाले नेता रिमालले सामाजिक सञ्जालमा लेखेका छन, ‘यो चुनाव अन्तिम होइन। संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो, एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन ।

एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ ।’ विभिन्न चुनौतीहरूका बिच एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो रहेको बताउँदै उनले भने, सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधिसभाको यस निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us