काठमाण्डू, २६ फागुन– एमालेका उपाध्यक्ष एवं रूपन्देही–२ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण मंगलबार सार्वजनिक गर्दै पौडेलले चुनावमा २८ लाख सात हजार एक सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन ।
पौडेलले सार्वजनिक गरेको खर्च विवरणमा मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धनमा आठ लाख ९७ हजार २७५, छापा तथा विद्युतीय प्रचार सामग्रीमा आठ लाख ३४ हजार रुपैयाँ, गोष्ठी र कार्यकर्ता परिचालनमा ५५ हजार, अन्तरक्रियामा ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
यस्तै एसएमएसमा एक लाख ७५ हजार, प्रतिनिधि परिचालनमा २६ हजार पाँच सय, कार्यालय सञ्चालनमा दुई लाख ६४ हजार र विविध शीर्षकमा दुई लाख २२ हजार ३२५ रुपैयाँ खर्च भएको पौडेलले दाबी गरेका छन् ।