काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट जुम्ला–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानबाहादुर शाहीले सुनसरी–१ का सांसद हर्क साम्पाङको जित आम सर्वसाधारणको सफलता भएको तर्क गरेका छन ।
एक सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा शाहीले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङको विजयले भुइँमान्छेको आशा र संघर्षको प्रतिनिधित्व गरेको उनले तर्क छ ।
उनले भनेका छन, ‘ठूला–ठूला मान्छे एकातिर छन्, गाउँबाट आएका पीडित र साधारण जनता अर्कोतिर छन्। त्यो पीडा हामीले पनि भोगेका छौं। हर्क साम्पाङले जित्दा कतै हामीले नै जितेको जस्तो महसुस भएको छ।’
विगतमा पहुँचविहीन हुँदा विभिन्न निकायका ढोकाबाट आफूहरूलाई धकेलेर निकालिएको स्मरण गर्दै उनले साम्पाङको जितले त्यही पीडालाई सम्बोधन गरेको पनि उनले बताएका छन ।
उनले थपे, ‘हर्क साम्पाङको विजय सामान्य विजय होइन। हजारौँ भुइँमान्छेको विजय हो। हामीले भोगेको पीडा के हो भने कहिलेकाहीँ कुनै ढोकामा जाँदा हामीलाई धकेलेर बाहिर पठाइन्थ्यो। त्यो पीडालाई यो जीतले सम्बोधन गरेको छ।’