माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंह रहेकी जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

एलिना घर पोत्नको लागी माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us