रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल विजयी हुन सफल भएका छन । २७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ९५४ मत ल्याए । त्यस्तै आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० तथा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत प्रप्त गरे । योसँगै रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ ।

४ निर्वाचन क्षेत्रमध्ये ३ वटामा रास्वपा र एउटा क्षेत्र २ नम्बरमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हुन सफल भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us