काठमाण्डू, २४ फागुन– ओखलढुंगामा पूर्वएआईजी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल निर्वाचित भएक ।
पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्रप्त गरे । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।
तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत प्रप्त गर्न सफल भए ।