अमरेशलाई बधाई दिँदै गगनले भनेः मैले यस क्षेत्रमा देखेका समस्या सम्बोधन गर्न निरन्तर काम गरिरहने छु

काठमाण्डु टुडे २०८२ फागुन २४ गते ११:२८ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– कांग्रेस सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् ।

सर्लाही–४ बाट निर्वाचनमा पराजित भएपछि उनले विजेता सिंहलाई सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन । सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ।’ सभापति थापाले आफूलाई मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् । सभापति थापाले सर्लाही–४ मा देखेका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहलका लागि निरन्तरता दिने पनि बताएका छन् ।

‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us