काठमाण्डू, २४ फागुन- मोरङ- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार बढी मतान्तरले हराउँदै कार्की निर्वाचित भएका हुन् । कार्की ३६ हजार ९ सय २४ सहित निर्वाचित हुँदा निकट प्रतिद्वन्द्वी
कांग्रेसका शर्माले २४ हजार ३५४ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका अमिर मगर १६ हजार ५०९ मतसहित तेस्रो भए ।