१९ पटक मन्त्री भएका शरतसिंह हराउँदै रास्वपाका दीपक विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते २१:५८ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यस रास्वपाका दीपककुमार साह निर्वाचित हुन सफल भएका छन । उ

नले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे । दीपककुमार ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत प्रप्त गरे ।

यहाँ कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए । त्यस्तै नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत ल्याउँदा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत प्रप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us