काठमाण्डू, २३ फागुन- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको जिम्मेवारी लिने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका हुन् । शर्माले पुरै दोष बोक्न पनि आफू तयार रहेको स्पष्ट गरे ।
‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ शर्माले भनेका छन्, ‘त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै । यसको सम्पूर्ण दोष बोक्नैपर्छ भने म बोक्न तयार छु, हामी बोक्न तयार छौँ ।’