चितवन, २३ फागुन- चितवनको कालिका नगरपालिका-९ मा शनिबार अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
उपरदाङढीबाट शक्तिखोर आउँदे गरेको बाप्र-०६००१ह०३१५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अटो सडकबाट नालीमा खसेको थियो ।
मृत्यु हुनेमा अटो चालकसहित राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती- ८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती-९ की २२ वर्षीया बिनी तामाङ र राप्ती-९ कै ५५ वर्षीय तिलक तामाङ छन् ।
दुर्घटनामा अर्का एक जना घाइते छन् ।
घाइते राप्ती ९९ की ५३ वर्षीया चिनिकुमारी गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।