काठमाण्डू, २३ फागुन– झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् ।
एमाले अध्यक्ष केपी ओलीलाई फराकिलो मतान्तरले पाजित गर्दै बालेन निर्वाचित भएका हुन् ।
बालेन ६८ हजार ३ सय ४८ मतसहित विजयी हुँदा ओलीले मात्र १८ हजार ७ सय ३४ मत पाए ।
यसअघि ओली ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए ।
त्यसपछि ०७० को दोश्रो संविधानसभा निर्वाचन भने उनले जिते । ०७४ मा वाम गठबन्धन गर्दा गर्दै पनि ओलीले राप्रपासँग तालमेल गरे ।
०८९ को निर्वाचनमा पनि उनले राप्रपासँग तालमेल गरेर जितेका थिए । एसपटक भने उनी एक्लै चुनावी मैदानमा रहे ।