काठमाण्डू, २३ फागुन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा ताजा जनादेशअनुसार बन्ने नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
नजिकको मित्र र छिमेकीको रूपमा, भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहने मोदीको भनाइ छ ।
यस्तै उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा नेपाललाई बधाई समेत दिएका छन् ।
मतदाताले लोकतान्त्रिक अधिकारलाई उत्साहसाथ प्रयोग गरेकामा आफूलाई खुसी लागेको उनले बताए ।