काठमाण्डू, १० फागुन– काठमाण्डूको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन ।
घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्याइएको छ ।
महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको उनले जानकारी दिए । ‘वनको टोलीलाई बोलाएका छौं । चितुवालाई थुनेर राखिएको छ,’ एसपी भट्टराईले भने ।