ऋषिराम कट्टेललाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८२ फागुन १० गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सर्वोच्च आदेश दिएको छ ।

ऋषिराम कट्टेलको हकमा छोरा रुपेश कट्टेलले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कट्टेललाई अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसहितको नाममा आदेश दिएको हो ।

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत फागुन ६ गते कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको थियो ।

प्रहरीले कट्टेलसहित हालसम्म नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us