काठमाण्डू, १० फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि मुलुकलाई नयाँ समझदारीका साथ अघि बढाउनुपर्ने बताएका छन ।
रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि रुपन्देहीको धकधईमा आइतबार आयोजित चुनावी सभामा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।
उनले ८४ को निर्वाचन ८२ मा गरेर मात्रै मुलुकको समस्या हल नहुने भन्दै निर्वाचनपछि सवैपक्षलाई मिलाएर नवीनतम समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने पनि बताएका छन ।
उनले निर्वाचन अघि नै राजा, राजनीतिक दल र नव युवा पुस्ताको बीच नवीनतम सम्झौता हुनुपर्नेमा राप्रपाले जोड दिए पनि कसैले नसुनेको धारणा राखे ।
अध्यक्ष लिङ्देनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न अनुरोध समेत गरेका छन ।
उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेर मात्र आफ्नो मत सदुपयोग गर्न पनि उनले आग्रह समेत गरेका छन । अध्यक्ष लिङ्देनले निर्वाचनपछि बलियो शक्ति भएर नवीनतम समझदारी दिने अवस्था सिर्जना गर्ने समेत बताए ।