रास्वपा बर्दघाटका नेताले छाडे पार्टी

काठमाण्डु टुडे २०८२ फागुन ९ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले राष्ट्रिय स्वतन्त्री पार्टी (रास्वापा) परित्याग गरेका छन ।

आगामी २१ फागुनमा हुने आम निर्वाचनमा नवलपरासी-१ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् ।

राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि उनी निकट पार्टी नेताहरूका अनुसार कांग्रेसबाट चुनावको मुखमा पार्टी प्रवेश गरेका खनाललाई टिकट दिँदा नवलपरासीको समग्र रास्वपा पार्टी पंक्तिले पार्टी निर्माणमा गरेको योगदानको अवमूल्यन भएको, पार्टी नेतृत्वले भन्ने एकथरी र व्यबहार ठीक उल्टो भएको महसुस गरेर राजीनामा दिएको हरिजनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us