आजदेखि निर्वाचन प्रचार सुरु

काठमाण्डु टुडे २०८२ फागुन ४ गते ८:२४ मा प्रकाशित

काठमाण्डू, ४ फागुन- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आजदेखि निर्वाचन प्रचार—प्रसार थाल्दैछन् ।

निर्वाचन आयोगले आजदेखि १८ फागुनसम्म निर्वाचन प्रचार—प्रसारको समय निर्धारण गरेको छ । यसबीचमा उम्मेदवार तथा दलहरुले सभा, सम्मेलन, जुलुस तथा घरदैलो कार्यक्रममार्फत मतदातासम्म आफ्नो सन्देश लैजाने छन् ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ३ गते राति १२ बजेदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार—प्रसारको समय तोकिएको जानकारी दिए ।

राजनीतिक दल, उम्मेदवार, दल तथा उम्मेदवारका शुभेच्छुक, सञ्चार माध्यम, सरकार तथा सरकारी निकाय र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us